तेह्रौ बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक बगर विजयी
प्रशिक्षक शम्भु केसी सम्मानित
पाेखरा | माघ २१, २०८०
पोखरा: बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटलब प्रतियोेगिता सुरु भएको छ ।
पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
त्यसअघि उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बगर फाइखलकले नेपालमा ‘एट ए साइड’ फुटबलको ब्रान्डिङ गरेको बताए । उनले महानगरको लगानीमा पोखरा टुडिखेल खेलमैदानमा रोपिएको दुबोको संरक्षण हुन नसक्दा सुकेकोप्रति दुःख व्यक्त गर्दै आगामी वर्ष त्यसको संरक्षण गर्न आग्रह गरे । टुडिखेलको जग्गा विविध हिसाबले सानो भइरहँदा त्यहाँ हुने प्रतियोगिताका कारण हालसम्म जग्गा संरक्षण हुन सकेको उनको भनाई थियो ।
उनका अनुसार हाल रहेको वडा प्रहरी कार्यालयलाई स्थानान्तरण गरेर टुडिखेलको जग्गा बढाइने छ । ‘यहाँको प्रहरी चौकीलाई हामीले गाई घाटमा लैजाने तयारी थालेका छौ । अब टुडिखेलको आफ्नै साइज हुनेछ । यो अभियान हामीले सुरु गरिसकेका छौं । यो मैदानमा उघिल्लो पटक यहि प्रतियोगिताको समयमा आउँदा निकै धुलो थियो त्यसैले धुलो नउड्ने बनाउँछु भनेका थियौं र दुबो रोपियो’ उनले भने, ‘अहिले अलि संरक्षण नभएर पुरै सुकेछ आशा छ आगामी वर्ष यस्तो हुनेछैन महानगरको १५ लाख रुपैयाँ बजेट छ ।’
बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले यस ४० वर्षमाथि उमेर समूहको मात्रै प्रतियोगिता हुनेगरेपनि हाल तीन विधामा प्रतियोगिता भएको सुनाए । बगर भाइ खलकले दिनको एक घण्टा व्यायम भन्ने अभियान चलाएको र उक्त अभियानलाई सघाउन सबैलाई अनुरोध गरे ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भेट्रानको फुटबल पोखरा रंगशालामा गराएमा आफुहरु सहयोग गर्न तयार रहेको बताए । पछिल्लो समय पोखराको खेलकुद विकास शुन्य भएकाले यसतर्फ सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले भेट्रान फुटबलको उदेश्य उत्कृष्ट रहेको सुनाए । भेट्रान खेलाडी खेलेर बचत रकम ग्रासरुटमा खर्चिदा नयाँ खेलाडी उत्पादन हुनेमा आफु आशावादी रहेको सुनाए ।
यस्तै नेपाली फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मान गरिएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका कृसी वरिष्ठ प्रशिक्षक केसीलाई सम्मानपत्रले सम्मान गरिएको हो ।
प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ तथा ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ ।
माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

